Wednesday, September 14

कसले चोर्यो...अवार्ड





सुशील पौडेल
काठमाडौं– डिजिटल प्रविधिमा बनेका वर्षका २३ प्रतिष्पर्धी फिल्मलाई पछि पार्दै ‘कसले चो¥यो मेरो मन’ ले डिजिटल फिल्म अवार्डमा आठ अवार्ड जितेको छ । कथा, पटकथा, निर्देशन, छायांकन र सम्पादनमा खाली हात भएपनि फिल्मले उत्कृष्ट अवार्ड भने जित्यो । नव निर्देशकमा सविर श्रेष्ठको अवार्डले भने राहत दियो ।
‘कसले चो¥यो मेरो मन’ बाटै उत्कृष्ट अभिनेतामा आर्यन सिग्देलले अवार्ड चुमे भने अभिनेत्रीमा रेखा थापा बा“की प्रतिष्पर्धीलाई उछिनिन् । अवार्ड पाएपछि रेखाले फिल्मका दुई ‘हिरो’ लाई सम्झन चाहन्छु भनेर आफ्नै निर्माता पति छवी ओझा र निर्देशक सबीरको नाम लिईन् ।
लगत्तै आफ्नो अवार्ड थाप्न आएका आर्यनले भने सम्पूर्ण फिल्म टिमको नाम लिंदै विशेष जोड दिंदै रेखालाई भने, ‘धन्यवाद छ रेखा मलाई नसम्झेकोमा । बट आईडन्ट माईन्ड । म त्यसो गर्दिन ।’ दर्शक दीर्घामा रहेकी रेखाले भने कुनै प्रतिक्रिया दिईनन् । पछिल्लो समय बोलचालमा समेत कन्जुस्याई गरिरहेका बेला आर्यनको उक्त टिप्पणीमा दर्शकले हुटिङ समेत गरेका थिए ।
सहअभिनेतामा बाबु बोगटी र सहअभिनेत्रीमा नन्दिता केसीले ‘बाटोमुनिको फूल’ बाट अवार्ड हात पारे । त्यसो त यसै फिल्मबाट सुरज सुब्बा ‘नाल्बो’ उत्कृष्ट निर्देशक र पटकथा दुवैका हकदार बने । छाया“छवी सिने पत्रिकाले जमल स्थित नाचघरमा धुमधामका साथ आयोजना गरेको डिजिटल फिल्म अवार्डमा २९ विधामा अवार्ड बा“डिएको थियो ।
उत्कृष्ट फिल्मको उपाधी चुमेको ‘कसले चो¥यो मेरो मन’ ले भने कला निर्देशन सहित सांगीतिक विधामा वर्चस्व देखायो । नृत्य निर्देशन, गीतकार, संगीतकारको विधामा उक्त फिल्मले अवार्ड जित्दा क्रिटिक अवार्ड जितेको ‘ठेगाना’ ले कथा, चरित्र अभिनेता, चलचित्र अभिनेत्री र पाश्र्व संगीतमा चित्त बुझायो । जुरी अवार्ड जितेका निर्देशक नवल नेपालको फिल्म ‘श्रीमान’ १४ विधामा मनोनयन भएपनि तीनवटामा खुम्चियो ।
तीन घण्टासम्म चलेको कार्यक्रमको सुरुवात भने शुभबहादुर सुनाम, रोज कपुर र प्रेम राणा सहितको टोलीको ‘श्यामश्वेतदेखि डिजिटलसम्म’ भावको १५ मिनेट लामो सांगीतिक प्रस्तुतीबाट भएको थियो । नायक, नायिका मुकेश ढकाल र नीता ढुंगाना, कोरियोग्राफर गम्भीर विष्ट, शंकर बिसी सहित पार्वती राई, निष्मा घिमिरेका आकर्षक नृत्यले कार्यक्रमलाई रंगीन बनाएको थियो ।
निर्देशक मोहन निरौला नेतृत्वको निर्णायक मण्डलले मुल्यांकन गरेका बाहेक आयोजकले दर्शक मतका आधारमा पब्लिक च्वाईसका लागि ‘श्रीमान’ फिल्मका नायक÷नायिका कल्याण घिमिरे र पुजना स्त्रीलाई अवार्ड दियो भने नायक राजेश हमाललाई सर्वोत्कृष्ट कलाकारबाट सम्मान ग¥यो । छाया“छवी पत्रकार सम्मान कृष्ण भट्टराईलाई दिईयो ।
गायक, गायिका रुपक डोटेल, मल्लिका कार्की, दुर्गा परियार लगायतले गीत प्रस्तुत गरेकै स्टेजबाट निर्माता प्रदीपकुमार उदयले आफ्ना दुई फिल्म ‘मालतीको भट्टी’ र ‘हाम्रो माया जुनीजुनीलाई’ को अडियो विमोचन गराउन भ्याए भने कार्यक्रमकै संचालक समेत रहेका दिनेश डिसीले आफ्नै निर्देशनमा बन्न लागेको फिल्म ‘मायाज बार’ का कलाकारको परिचय मात्रै दिएनन्, अवार्ड कार्यक्रममा निम्त्याईएकै अतिथिबाट फिल्मको मुर्हुत सटको फाईदा पनि उठाए ।
अवार्ड दिन मन्चमा बोलाईएका निर्देशक ऋषि लामिछानेले पनि आफ्नो फिल्मको लागि मौका छोपेका थिए । फिल्म क्षेत्रकै व्यंगमा उत्रेका हास्यकलाकार दिपकराज गिरीले फिल्मदेखि नायकहरुका चालढालमा ठट्यौली पस्क“दा माहौल हा“सोमा डुबेको थियो । पा“च वर्षका लागि चौधरी ग्रुपको साथ पाएको डिजिटल अवार्ड कार्यक्रमको स्टेजलाई आकर्षक पारिएको थियो ।

कसले के पाए
चलचित्र ः कसले चो¥यो मेरो मन
निर्देशक ः सुरज सुब्बा (बाटोमुनीको फूल)
अभिनेता ः आर्यन सिग्देल (कसले चो¥यो...)
अभिनेत्री ः रेखा थापा (कसले चो¥यो...)
सह अभिनेता ः बाबु बोगटी (बाटोमुनीको फूल)
सह अभिनेत्री ः नन्दिता केसी (बाटोमुनीको फूल)
नव निर्देशक ः सविर श्रेष्ठ (कसले चो¥यो...)
कथा ः रामशरण पाठक (ठेगाना)
पटकथा ः सुरज सुब्बा (बाटोमुनीको फूल)
संवाद ः नवल नेपाल (श्रीमान)
सम्पादन ः सुरेन्द्र पौडेल (ब्याच नं. १६)
छाया“कार ः पुरुषोत्तम प्रधान (ब्याच नं. १६) (ब्याच नं. १६)
नव नायक ः यशकुमार (बाटोमुनीको फूल)
नव नायिका ः सुमिना घिमिरे (दुलही)
खलपात्र ः अर्पण थापा (ब्याच नं. १६)
चरित्र अभिनेता ः गणेश उप्रेती (ठेगाना)
चरित्र अभिनेत्री ः मिथिला शर्मा (ठेगाना)
हा“स्य कलाकार ः जयकिशन बस्नेत
बाल कलाकार ः संगम विष्ट (श्रीमान)
संगीतकार ः सुरेश अधिकारी (कसले चो¥यो...)
पाश्र्व गायक ः शिव परियार (श्रीमान)
पाश्र्व गायिका ः प्रकृति गिरी (बाटोमुनीको फूल)
गीतकार ः किरण खरेल (कसले चो¥यो...)
द्वन्द्व निर्देशक ः राम÷जनक (मन परेपछि)
नृत्य निर्देशक ः राजु शाह (कसले चो¥यो...)
कला निर्देशक ः निर्जल श्रेष्ठ (कसले चो¥यो...)
ध्वनी मिश्रण ः डिजे एलएक्स (बाटोमुनीको फूल)
पाश्र्व संगीत ः जुगल डंगोल (ठेगाना)
श्रृंगार ः निमा लामा (ब्याच नं. १६)

Tuesday, September 13

विदेशी पहुँचमा नेपाली फिल्म र कलाकार



सुशील पौडेल

फिल्म् समीक्षा ः ठेगाना



सुशील पौडेल
काठमाडौ, भाद्र २६ ( जन्मँदै मूल परेको भन्ने अन्धविश्वासका कारण छोरीको अनुहार नै हेर्न नपाएकी एक अभागी आमाले त्यसका लागि १८ वर्ष कुर्नुपर्ने बताइन्छ । मूल काट्नकै लागि आफ्नै काखकी बच्चीलाई छिमेकी गाउँको गरिब परिवारलाई पालनरपोषणका लागि सुम्पन उनी बाध्य हुन्छिन् । नाबालिकालाई वात्सल्य सुख दिन नपाइरहेकै पीडामा उनले आफ्नी छोरी बेचिएको सुन्नुपर्छ । पाल्न दिइएको परिवारले विदेशीलाई पैसाका लागि बेचिदिन्छ । त्यसपछि बच्चाकी आमा लहडी बन्छिन् । सपनामा बर्बराउूछिन्, विपनामा रित्तो काखको बच्चालाई सुसार गरेको कल्पना गर्छिन् ।

शुक्रबारदेखि उपत्यकाबाट प्रदर्शनमा आएको ुठेगानाु पूर्णतः पारिवारिक कथा हो । निर्देशक रामशरण पाठकले नै कथारपटकथा तयार पारेको फिल्ममा पात्रको मानसिक द्वन्द्वलाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । सन्तान हराएकी आमाको भूमिकामा मिथिला शर्माले वजनदार काम गरेकी छन् । तर उनका संवाद सहितका अभिनय भन्दा बिनासंवादको भावभंगी बढि जीवन्त लाग्छन् । कथा पनि सुरुमा उनकै पक्षबाट सुनाईन्छ । कुनै दिन छोरी अवश्य आउने आशामा ती आमै बाटो हेरेर बसेकी हुन्छिन् । चार वर्षको उमेरमा धर्म सन्तानको रूपमा अमेरिका पुगेकी गौरी थातथलो खोज्दै १४ वर्षपछि स्वदेश फर्किंदा ग्योरी (अनु० बनिसकेकी हुन्छे ।

भौतिक द्वन्द्व नअटाएको फिल्ममा पात्रबीचको मानसिक द्वन्द्वलाई भने यथार्थपरक रुपमा उठान गरिएको

छ । आमाबाबु र जन्मथलो खोज्दै आएकी ग्योरीलाइर् कुमार (अयुव० ले सहयोग गर्छ । आफुले कीन आमाबाबुको माया पाउन सकिन रु के कारणले त्यति टाढा पठाईयो रु भन्ने जस्ता प्रश्न लिएर ग्योरी स्वदेश आएकी हुन्छे । तर उसले जब आफ्नै आमाबाबुले न्वारनकै दिनमा अर्कैका हातमा सुम्पिइएको बुझेपछि दुःखी बन्छे । आफूमा केही खोट देखेरै आमाबाबुले अस्वीकार गरेको अनुमानकै भरमा ऊ फर्किन खोज्छे तर त्यसो हुँदैन ।

चलचित्र विकास बोर्डबाट विशेष फिल्मको मान्यता पाएको ुठेगानाु अन्धविश्वासको परम्परालाई उठाउन खोजिए पनि कथामा खासै भिन्न त छैन तर केही पक्षमा भने विशेष छ । फिल्ममा अनावश्यक मारकाट र नृत्यको गलगाँड छैन । प्रकाश संयोजनका हिसाबले पनि फिल्म वास्तविकताको नजिक छ । यसमा पाश्र्व संगीतको कोलाहल छैन । बरु एकतारे बाजादेखि सारंगी र पन्चेबाजासम्मका संगीत फिल्ममा अटाएको छ । जुगल डंगोलको उक्त काम प्रशंसनीय छ । धार्मिक अन्धविश्वास रहेको ग्रामीण परिवेशलाई सेट बनाइएको फिल्मका प्रस्तुतिले पनि त्यसलाई मज्जाले सघाएको छ । नृत्यलाई व्यावसायिकभन्दा वास्तविकता नजिक पुगेर उतार्ने प्रयास गरेका छन्, गोविन्द प्रभातले । अनावश्यक प्रकाशले वस्तुलाई नचम्काएकै भए पनि सुमन तन्डुकारको क्यामेराले खिचेको दृश्यमा कुनै कैफियत छैन ।

फिल्ममा समाजका परम्परागत मान्यतालाई पनि राम्रोसँग प्रस्तुत गरिएको छ । त्यसो त उपत्यकाका कलाकौशल र रीतिरिवाजलाई पनि आकर्षक ढंगले देखाइएको छ । वास्तवमा फिल्म जानकारीमूलक पनि बनेको छ । राजाराम पौडेलको ठट्यौलो चरित्रले स्वस्थ मनोरञ्जन दिएको छ । निर्देशकीय हिसाबले पाठक सफल देखिएका छन् । अभिनयमा पात्रहरु सहज देखिएका छन् । अनुले अमेरिकी शैलीको नेपाली संवाद्मा पनि अभिनय भावलाई खुस्काएकी छैनन् । बरु शुरुदेखिको फिल्मको ुटेम्पोु पछिल्लो अवस्थासम्म आईपुग्दा ढिलो बनेको छ । ग्योरीले सबै वास्तविकता बुझेर पनि आमाबाबुलाई भेट्न नचाहनुको कारणमा बलियो तर्क भेटिँदैन । तर पनि फिल्म ुठेगानाु बाट निर्देशक पाठकले बलियो सम्भावना भने देखाएका छन्

Monday, September 5

फिल्म समीक्षा ः ब्रेकफेल क्षणिक मनोरन्जन




सुशील पौडेल
काठमाडौं– फिल्म ‘ब्रेकफेल’ प्रदर्शनमा आउनु पहिले नै यसकी प्रस्तुतकर्ता ऋचा घिमिरेले भनेकी थिइन्, ‘हामीले उल्कै राम्रो फिल्म बनाएका छैनौं । तर हेरुन्जेल दर्शकलाई अत्यार लाग्ने छैन । हलबाट निस्केपछि पनि फिल्मको ह्याङ रहनेछैन ।’
धेरै हदसम्म नायिका ऋचाले सत्य बोल्ने हिम्मत गरेकी छन् । गत शुक्रबारदेखि फिल्मको देशव्यापी प्रदर्शन भईरहेको छ । खास बलियो पटकथा चटपटे शैलीबाटै भएपनि नायिकाले भनेझैं सवा दुई घण्टा दर्शकलाई थमथमाउने छ । पात्रको क्रियाकलापले मात्रै हसाउने फिल्मको कथा भने कमेडी होइन । दुई ठग पात्र फिल्म भित्रको फिल्मी द्वन्द्वमा नायकलाई कथाले मागेभन्दा बढि पिटिदिएपछि असली कुटाइ खानबाट बच्न भागेका हुन्छन् । भाग्दै जाने क्रममै अन्य पात्रहरु जेलिंदै जान्छन् । ठगेर खान पल्केका कोशिश (निरज बराल) र प्रयास (विमलेश अधिकारी)ले समाजसेवी व्यापारी देखिने द्रोण (राजेश हमाल)मा समेत आफ्नो हात सफाई गर्न भ्याईसकेका हुन्छन् । तर पछि द्रोण पनि देखिए जस्तो सहयोगी भने हु“दैन । नक्कली पैसाको कारोबारमा लागेको द्रोणको कारखानामा अन्जानवश पुगेका कोशिश र प्रयासलाई प्रहरीले त्यसै बेला देख्छ र पीछा गर्छ ।
उता आफ्नै अड्डाबाट बहुमुल्य सिक्रि सहित केही नोट लगेका उक्त ठग जोडिलाई द्रोणले पनि प्रहरीले भन्दा पहिले समाउन चाहन्छ र पात्रहरुमा दौडादौड चल्छ । भाग्ने क्रममै ठगहरुले पिंकी नामक एक थोत्रो कारको सहारा लिन्छन् । सही हालतमा नभएपनि त्यसकी साहुनी राशी (ऋचा घिमिरे)ले यसलाई खुब माया गरेकी हुन्छे । बेग्लै ढंगको कारकै कारण सबैको नजर आफुतिर तानिने गरेकोले पनि मन परेको उसको तर्क हो । राशी एक बुटिकमा फेसन डिजाईनरमा कार्यरत छे । कामप्रति उसको दक्षता नभएपनि ग्राहकलाई फिस्ल्याएर पैसा असुल्न माहिर छे । ऊ पनि अचानक आफ्नै साथीहरुले पिंकीलाई चोरेर लगेपछि फिर्ता ल्याउन पछि पछि कुद्छे । यी सबै घटनामा केही समाचारको गन्ध पाएको पत्रकार राज (सुवास थापा) पनि पात्रलाई पछ्याउ“दै जान्छ ।
शंकर घिमिरेको निर्देशन रहेको फिल्म पटकथामा कमजोर देखिए पनि प्राविधिक पाटोमा भने अब्बल छ । राजुविक्रम थापाको छायांकन तारिफ योग्य छ । पुरा फिल्म उनकै कारण चमकदार बनेको छ । क्यामेराका दृश्यलाई सुहाउ“दो लोकेसनले पनि साथ दिएको छ । सुदुर पश्चिमका सुन्दर स्थललाई दृश्यमा उतारिएको छ । फिल्ममा मिहिनेत गरे अनुरुप भेषभुषा र मेकअप संयोजन राम्रो छ । फिल्मका सकारात्मक पक्षमा यसको संगीत पनि पर्छ । गायकद्वय सत्य–स्वरुपराज आचार्यले संगीतमा गजबले खेलेका छन् । तर अझ कमेडी शैलीमा संगीतको रंग भर्न सक्ने ठाउ“ भने छोडिएको छ । गीतहरु परिस्थिती अनुरुप नै लेखिएकाले प्रायः गीतहरु फजुल लाग्दैनन् । द युनिटीले तयार पारेको शीर्ष गीतले पनि बेग्लै स्वाद दिएको छ । रिनेशा राईको कोरियोग्राफी सुहाउ“दो नै छ । सानो शाक्यको द्वन्द्वमा भने खास उल्लेखनीय केही छैन ।
तर फिल्मका पात्रहरु भने पूर्ण विकसित हुन सकेका छैनन् । परिस्थिती अनुरुप हसाउने भनिएको फिल्ममा खासगरी ठग बनेका दुई पात्रले त्यसलाई सार्थक त बनाएका छन् । तर उनीहरुको राशीप्रतिको प्रेम अलि बुझिनसक्नु छ । बरु पैसाका लागि जे जस्तो पनि गर्ने राशीले पैसावाल द्रोणप्रति देखाउने आशक्ति जायज छ । बरु शुरुमा उनले आफ्नो सवारी पिंकी माथि देखाएको लगाव अन्त्यसम्म देखिंदैन । त्यसैगरी पत्रकारको भुमिकामा रहेका राजको चरित्र पनि केवल अरु पात्रको पछि लाग्नुमै सीमित छ । ऊ एउटा क्यामेराको भरमा ताजा समाचारको खोजीमा त रहन्छ तर त्यसलाई कहा“, कुनबेला र कस्तो प्रकृतिको संचारमाध्यमका लागि प्रयोग गर्छ भन्नेमा अन्यौल छ । फिल्म लेखकलाई अर्को ठूलो भ्रम द्रोणको चरित्रमा परेको देखिन्छ । शुरुमा आपराधिक चरित्रको बनाईएको पात्रलाई पछि ‘बाध्यता र विवशता’को ट्याग लगाई दिएर नायक नै बनाईनु पात्रप्रति भन्दा राजेश हमालप्रति सद्भाव दर्शाईएको जस्तो देखिन्छ । त्यसबाहेक फिल्ममा दृश्यको निरन्तरतामा चिप्लिएको छ । छातीमा बल राखेर महिला बनेका पात्रको एउटा बल खस्दा समेत पछि त्यसको असर नदेखिनु, पाईन्ट सहित पानीमा हाम फालेको पात्र उत्र“दा भिजेको अवस्थामा नदेखिनु, हातमा बन्दुक बोकेका पात्रहरु भिडन्तमा भने मुक्कामुक्कीमा उत्रनु केही असहज लाग्ने दृश्य हुन् । तर यति हु“दाहु“दै पनि बुद्धिमा बिर्को लगाएर फिल्म हेर्ने हो भने फिल्मकी प्रस्तुतकर्ताले भने झैं दर्शकले हेरिन्जेल मनोरन्जन लिनेछन् ।

Saturday, September 3

मलिना बनिन् मिस नेपाल


सुशील पौडेल
काठमाडौ, भाद्र १३
'आई एम द टप अफ द वल्र्ड' मंगलबार मिस नेपाल घोषित भएपछि सुनसरीकी मलिना जोशीले यसरी खुसी व्यक्त गरिन् ।

मिस नेपालको ताज जितेपछि आफूलाई संसारकै उत्कृष्ट भनेकी उनले त्यसलाई प्रमाणित गर्ने गतिलो मौका दुई महिनापछि लन्डनस्थित अल्र्स कोर्ट एक्जिविसन सेन्टरमा आयोजना हुने मिस वल्र्डमा पाउने छिन् । १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन् । उनले ताजसँगै ५० हजार रुपैयाँ पनि हात पारिन् ।

१२ रुबी जडित चमकदार क्राउनलाई मलिनाले एक वर्षका लागि आफ्नो बनाएकी हुन् । बेलायती डिजाइनर बिल क्राउनले तयार पारेको ताज यो वर्षदेखि रनिङ क्राउनमा बदलिएको छ । हिडन ट्रेजरले बर्सेनि गर्ने मिस नेपालकी उनी १६ औं विजेता बनिन् ।

प्रमुख निणरयक यशोवर्द्धन प्रधानले उत्कृष्ट पाँच प्रतिस्पर्धीलाई सोधेको 'यदि महिलाले मात्र यो विश्वमा राज्य गर्ने अवसर पाए भने सन् २०५० सम्ममा विश्वको स्वरूप कस्तो हुन्थ्यो होला र ?' भन्ने प्रश्नमा उनले 'महिलाहरूले मात्र अवसर पाए भने होइन, शासन नै गर्न थालिसके' भन्ने जवाफ दिँदै आफूले पनि त्यसको प्रतिनिधित्व गर्ने बताएकी थिइन् । गतवर्षकी मिस नेपाल सदीक्षा श्रेष्ठले ताज पहिर्‍याइदिँदा पाँच फिट छ इन्च अग्ली २३ वषर्ीया मलिनाले हर्षका आँसु झारिन् । एमबीएमा अध्ययनरत मलिना गतवर्षको मिस एन्जेलमा समेत इन्टेलेक्ट टाइटल अवार्ड हात पार्दै उत्कृष्ट पाँचमा पुगेकी थिइन् ।

पौने तीन घन्टासम्म चलेको प्रतियोगितामा चितवनकी अनुपमा औरा गुरुङ फस्ट रनरअप बनिन् । ताजसहित ३५ हजार रुपैयाँ विजेता उनले नोभेम्बर १२ मा थाइल्यान्डमा हुने मिस अर्थमा प्रतिनिधित्व गर्नेछिन् । चितवनकै सरिना मास्केले सेकेन्ड रनरअप हुँदै २५ हजार रुपैयाँ हात पारिन् । यसै वर्षदेखि थपिएको थर्ड रनरअप र फोर्थ रनरअपमा क्रमशः भक्तपुरकी मनीषा विष्ट र वीरगन्जकी नेहा पौडेल चुनिए । नेहाले दर्शक मतका आधारमा पपुलर च्वाइस अवार्ड पनि हात पारिन् ।

उत्कृष्ट पाँचमा पुगेका सुन्दरीलाई यस पटक आयोजकले पाँचै अवार्ड दिएपछि अन्तिममा बाँकी रहेको मिस नेपाल विजेता घोषणाअघि नै 'ओपन सेक्रेट' बनेको थियो ।

मिस नेपाल २०६८ मलिना जोशीसँग मनका कुरा


सुशील पौडेल
काठमाडौ, भाद्र १५
मिस नेपाल घोषित भइसकेपछि मलिना जोशीलाई खुसी त एकदम लागिरहेको छ र पनि उनी अझै शिरमा ताज छ भनेर आफैंलाई विश्वास दिलाउन सकिरहेकी छैनन् ।

ुचाहेको कुरा पाएपछि एकदमै खुसी छु तर विश्वास गर्न गाह्रो परिरहेको छ,ु विजेता घोषणा भएलगत्तै एकाएक पाएका शुभकामनारबधाई, फोटोसेसन र विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ताले लखतरान भएकी धरानकी सुन्दरीले भनिन्, ुमेरा डयाडी र ममी पनि एकदमै खुसी हुनुभएको छ । धरानका अरू बासिन्दा पनि खुसी भएका छन्

रे ।ु उनका बुबा, दुई आमा ९उनी कान्छीपट्टिकी हुन्०, एक दिदी र एक भाइ धरानमै छन् ।

तीन वर्षदेखि काठमाडौं बसिरहेकी उनले एमबीए सकेकी छन् । स्कुल स्तरीय पढाइमा ठिकठिकैको भए पनि स्नातकबाट राम्रो गर्न थालेको बताउँदै उनले परिवारले पनि आफूलाई पढाइमै जोड गर्ने गरेको खुलाइन् । ुत्यसैले पनि ममीरडयाडी यस्ता सौन्दर्य प्रतियोगितामा भाग लिनुभन्दा पढाइमै ध्यान दिए हुन्थ्यो भन्नुहुन्थ्यो,ु यसअघि मिस एन्जेलमा उत्कृष्ट पाँचमा पर्न सफल मलिनाले सुनाइन् । तर मिस नेपालमा भाग लिने निश्चय गरिसकेकी उनी प्रतियोगिताको फारम खुल्दा धरानमै रहिछन् । ुथाहा पाएपछि हतारहतार आएँ, भरें, क्रमशः छानिँदै पनि गएँ र यी आज मिस नेपाल पनि भएँ,ु उनको अनुहारलाई हाँसोले झन् उज्यालो पार्‍यो ।

मिस नेपालको ताजले महिलालाई अघि बढ्न हौसला र अवसर दुवै दिन्छ भन्ने धारणा राखेकी सुन्दरीले भनिन्, ुहिजोसम्म म पनि एउटी आम मान्छे मात्रै थिएँ । तर आज नेपालकै प्रतिनिधित्व गर्ने भएकी छु र अब एउटी मलिना मात्रै हैन । ममा नेपालप्रतिको जिम्मेवारी पनि छ ।ु

मिस नेपाल भएपछि मलिनालाई कात्तिक २० मा लन्डनमा हुने मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने ढोका खुलेको छ । ुकडा प्रतिस्पर्धा त हुन्छ नै । फेरि धेरैले नेपालीले जित्ने त सम्भावनै हुँदैन पनि भन्छन्,ु राष्ट्रिय झन्डामा रहेको निलो, रातो र सेतो रंग मिश्रति पोसाकसहित प्रतियोगितामा भाग लिएर नेपाललाई मानवतासँग जोडेर चिनाउने योजनामा रहेकी उनले तर्क गरिन्, ुतर त्यस्तो सोचेर कहाँ हुन्छ र रु आफूले सक्दो त गर्नुपर्‍यो नि ।ु आफ्नै मन बुझाउँदै उनले अहिले नै त्यस्तो ठूलो आशा राख्न नसके पनि मिस वल्र्डको प्रशिक्षणबाट कत्तिको खरो उत्रिइन्छ भन्नेमा ध्यान दिइरहेकी छन् । भनिन्, ुतर ओभर कन्पिmडेन्स भने हुँदिनँ ।ु

साढे पाँच फिट अग्ली २३ वषर्ीया सुन्दरीले प्रतियोगिताको सुरुवाती छनोटमा शारीरिक सौन्दर्यले साथ दिएको भए पनि अन्तिम छनोटमा पर्नुमा भने आफ्नो बौद्धिकतालाई जस दिइन् । मिस नेपाल उपाधि सौन्दर्य र बौद्धिकताको मिश्रण रहेका उल्लेख गर्दै उनले सुन्दरता पनि आवश्यक तत्त्व भएको जिकिर गरिन्, ुहेर्दा राम्री पनि हुनुपर्छ । त्यसो त बौद्धिक नै नभई म पनि मिस नेपाल भइनँ होला ।ु

खेलकुदमा खास रुचि नभए पनि क्रिकेट हेर्न र नाच्न असाध्यै मन पराउने मलिना भविष्यमा विज्ञापन क्षेत्रमा ुक्रिएटिभ डिरेक्टरु बन्न चाहन्छिन् । उनी आफूलाई हरेक क्षेत्रमा अपडेट पनि राख्छिन् । पढाइ वा कमाइको बहानामा देश छोडेर बिदेसिएका प्रति उनको गुनासो छ । ुघुम्न जानु राम्रै हो तर सबै बिदेसिन मात्रै खोज्ने हो भने देश विकास कसले गर्ने रुु नेपालमै धेरै अवसर र सम्भावना रहेको उल्लेख गर्दै उनले भनिन्, ुहाम्रो जो छ ठिकै छ भन्ने यथास्थितिवादी सोचकै कारण देशले खास परिवर्तन पाउन नसकेको हो ।ु पछिल्लो पटक देशले बौद्धिक व्यक्तिलाई प्रधानमन्त्रीको रूपमा पाएको जिकिर गर्दै ुकेही गर्नुहुन्छ कि भन्ने लागेकोु बताइन् ।

ुहामी सबैले आ(आफ्नो ठाउँमा सकेको गर्ने हो भने नै देशले सफलता पाउने हो,ु मलिनाले केही मलिन हुँदै भनिन्, ुहेर्नोस् त, अहिले कस्ता कस्ता अपराधका घटना सुनिन थालेका छन् रु बुबाले छोरी मार्ने, प्रेमीले प्रेमिका मार्ने, सामूहिक बलात्कारका घटना घट्न थालिसके । यस्तो हुन नदिन पाए हुन्थ्यो भने जस्तो लागिरहन्छ, के गर्ने रुु

Monday, August 29

तितेजीरे मेरीबास्सै गाईजात्रा २०६८




सुशील पौडेल
काठमाडौ, श्रावण ३२ ( वर्षेनि टेली सिरियलमार्फत हास्यव्यंग्य प्रस्तुत गर्दै आएका कलाकारका लागि गाईजात्रे प्रहसन परीक्षाको घडी हो । चुनौती हो । घरमै आरामले बसेर च्यानल फेरी(फेरी सित्तैंमा त्यस्ता चटपटे कार्यक्रम हेर्न पल्केका दर्शकलाई हजार रुपैयाँसम्मका टिकट कटाएर तीन घन्टासम्म एउटै कुर्सीमा अड्याइराख्नु कम्ती मुस्किल होइन ।

ुतपाईंलाई लाग्ला आखिर हँसाउने न हो,ु यसै सातादेखि प्रज्ञा प्रतिष्ठानमा ुतीते(जिरे मेरी बास्सैु गाईजात्रा प्रहसन चलाइरहेका मनोज गजुरेलले सुरुमै भने, ुतर हामीलाई हँसाउनु महिलालाई छोरो जन्माउनु जत्तिकै पीडा हो, तपाईंलाई ह्याऽह्याऽह्याऽ हाँस्न पाए भैगो ।ु

नभन्दै कलाकारको पीडा प्रहसनका प्रस्तुति हेर्दा प्रस्टै झल्कन्थ्यो । देशभरकै चलेका हास्य कलाकार भेला भएका कार्यक्रममा स्वयं कलाकारका लागि दर्शक हँसाउनु ठूलै युद्ध जिते जस्तो हो । दर्शकलाई तीन घन्टा लगातार हँसाइरहनु चुनौती त हो नै, टीभी कार्यक्रमभन्दा बेग्लै कसले बढी हँसायो भनी दर्शकहरूको प्रतिक्रिया प्रत्यक्ष पाउने भएपछि कलाकारलाई पीडा पनि छ, मजा पनि ।

गाईजात्रे कार्यक्रममै पत्नी कुञ्जना घिमिरे ९सुन्तु० का साथमा ुडमीु शीर्षकमा प्रहसन पस्केका सीताराम कट्टेल ९धुर्मुस० लाई भने यति बेला त्यहाँका कलाकारभन्दा डर आफ्नै जोडी केदार घिमिरे ९माग्ने बूढा० सँग छ । ुआपसी असमझदारीु पछि यसपालिको गाईजात्रामा जोडीको साथ नपाएका धुर्मुसलाई दर्शकले खल्लो मान्ने हुन् कि भन्ने डर रहेछ ।

ुमेरो प्रस्तुति कस्तो लाग्यो रुु त्यसैले पनि उनी आफ्ना चिनेजानेकालाई समग्र कार्यक्रमको भन्दा आफ्नैबारे जिज्ञासा राख्छन् । तर उनी बचेका छन् । ुमेरी बास्सैु का चर्चित माग्ने बूढा ुबिरामी भएरु खेल्न नसके पनि उनको प्रहसनमा दर्शक ताली तुलनात्मक रूपमा बढी नै छ । मिहिनेत पनि अन्य प्रस्तुतिको भन्दा बढी नै गरेको देखिन्छ ।

प्रहसनको पर्दा खुल्दै धुर्मुस र सुन्तुलाई हल न चलको डमीको रूपमा देख्दै उदेक खाएका दर्शक उनीहरूका विचित्र हाउभाउमा खित्का छोड्छन् । त्यसो त उनीहरूलाई डमी बनाएर फेन्सी पसल खोलेका ज्योति काफ्लेको डा। बाबुराम भट्टराईको गेटअप र क्यारिकेचर र सीतारामको केपी ओलीको गेटअपरक्यारिकेचरले दर्शकलाई रमाइलो दिएको छ । टेलिफिल्मका दर्शकका लागि हास्य कलाकारले गाईजात्रे प्रहसनमा ल्याएको फरकपन भनेकै नेताको क्यारिकेचर र गेटअपको नक्कल हो । ुजिरे खुर्सानीु को टिम जितु नेपाल, राजाराम पौडेल र शिवहरि बैरागीको प्रस्तुति ुथ्री इडियट्सु ले क्यारिकेचर र गेटअपमा दुःख नगरे पनि कुरामा भने तीन प्रमुख दलका नेताहरू पुष्पकमल दाहाल, सुशील कोइराला र झलनाथ खनालको चरित्र निर्वाह गरेर हँसाउने प्रयत्न गरे । उता, पहिले तत्कालीन राजा ज्ञानेन्द्रदेखि पुष्पकलम दाहालको हाउभाउ, वेशभूषा र बोली नक्कल गरेर वाहवाही कमाएका मनोज गजुरेलले यसपालि भने भारतीय योगगुरु बाबा रामदेवको चरित्र देखाए । बरु पुष्पकमलको हाउभाउलाई यसपालि ुतीतो सत्यु का दीपकराज गिरीले उतार्ने कोसिस गरे । हाउभाउ र गेटअपबिनाका प्रहसन, प्यारोडी गीतमा पनि उनै नेता, सभासद अनि संविधान बन्न नसक्दाको अकर्मण्यतालाई नै विषयवस्तु बनाइएको छ ।

त्यसो त सामाजिक विषयवस्तुमा ुखुरुक्क दिएर जा,ु ुछोडपत्रु लगायत प्रहसन देखाइए पनि उति सारो जमिसकेका छैनन् । लाग्छ, हास्य कलाकारले पनि आफ्नो कला देखाएरभन्दा नेताहरूकै कला र कामलाई सापट लिएर जस्ताको त्यस्तै देखाएका छन्, दर्शक हँसाउनुको जस चाहिं आफूले लिइरहेका छन् ।


प्रकाशित मितिस् २०६८ श्रावण ३२

सुटिंग रिर्पोट ः सायद




काठमाडौ, पुस २९ ( सपिङ सकेर आफ्नो कोठामा मात्र पुगेकी के थिइन्, समृद्धिले आफ्नै बहिनीको रक्ताम्मे शव देख्छिन् । नाडीको काटिएको नशाबाट बगिरहेको रगतले नजिकैको लथालिंग अवस्थाको डायरी लत्पतिएको छ, जसमा लेखिएको छ, ुअब म बाँच्नका लागि लायक रहिनँ ।ु
खासमा समृद्धिकी बहिनी शिरीषको सेक्स टेप यूट्युब र फेसबुकबाट सार्वजनिक भएपछि सहन नसकी आत्महत्या गरेकी
हुन्छे । आफ्नै केटासाथी चेकोसँग लागूपदार्थको नशामा लठ्ठिएर गरेको यौनसम्पर्कको मोबाइल भिडियो अन्य साथीहरूमार्फत यसरी सार्वजनिक भएको हो । भिडियो सार्वजनिक गर्ने काम शिरीषलाई एकतर्फी मन पराउँदै आएको योदिनले साथीहरूसँग मिलेर ुफेक एकाउन्टु खोलेर गरेको हुन्छ ।
पछिल्लो युवापुस्तामा विकृतिका रूपमा फैलिएको घटनालाई नै लिएर यतिखेर निर्देशक सुरज सुब्बा ुनाल्बोुले माथिका दृश्यहरू क्यामेरामा कैद गरिरहेका छन्, फिल्म ुसायदु का लागि । मंगलबार जोरपाटीस्थित चापागाइर्ं स्टुडियो जसलाई समृद्धिको कोठा बनाइएको छ, धमाधम सुटिङ भइरहेको थियो । दिदी बनेकी झरना थापाले दुई दिनपछि हुने आफ्नो विवाहका लागि सपिङ गरेर फिर्दा बहिनी (अनिता दाहाल० को मृत्य शरीर देखेकी हुन् ।
ुवास्तवमा बहिनीको उक्त टेप सार्वजनिक आफ्नै हुनेवाला देवरले गरिदिएको हुन्छ,ु घटनाबारे थप जानकारी दिँदै निर्देशक सुब्बाले
भने, ुआफूलाई मन पर्ने केटीको
अर्कै युवकसँग यौनक्रिया गरिरहेको भिडियो देखेपछि आक्रोशित भएर योदिनले सार्वजनिक गरिदिएको हो ।ु योदिनको भूमिकामा संयम पुरी देखिएका छन् भने अराज केशव चेकोको भूमिकामा । चेकोकै मोबाइलबाट समझदारीमै निजी रूपमा खिचिएको उक्त भिडियो उनीहरूकै साथी सूचीले देख्छे,
जब फोन गर्न चेकोसँग मोबाइल लिन्छे । उक्त खबर सूचीले योदिनलाई सुनाउँछे । तर उक्त भिडियो पछि चेकोले डिलिट गरिदिएपछि पनि योदिनले कसरी फेला पार्छ रु कसरी सार्वजनिक हुन्छ रु अनि त्यसले के(कस्तो रूप लिँदै जान्छ र यसको असर उनीहरूको दाइ(भाउजूको बिहेमा कस्तो पर्छ भनेर फिल्मले खाका कोरिरहेको छ । जसको अझ ७० प्रतिशत छायांकनको काम बाँकी रहेको निर्देशक सुब्बाले बताए ।
वास्तविक जीवनसँग धेरै हदसम्म मेलखाने विषयवस्तुलाई अझ निकट बनाउन निर्देशकले कलाकारको मेकअप र लाइटिङलाई पनि प्राकृतिक बनाईएका छन् । ुफिल्मको विषयवस्तु नै डार्क भएकोले दृश्यहरू उज्यालो र चकाचक बनाउन आवश्यक ठानिनँ,ु निर्देशकको भनाइ पुष्टि गर्दै एस(आई टुके क्यामेराबाट दृश्य खिचिरहेका सञ्जय लामाले व्यावहारिक जीवनमै अपनाईने प्रकाशमा खिच्दा नौलो र रोमाञ्चक अनुभव गरेको बताए ।
दुर्गेस फिल्मस्को ब्यानरमा बनिरहेको फिल्म ुसायदुमा नायिका झरना थापाबाहेक मुख्य भूमिकामा देखिने सुनील रावल, ऋतिका लामा, विल्सनविक्रम राई, दिनेश रावल, गोपाल याक्तेन, किशोर साम्वाहाम्फे लगायत अनिता र संयम सबैको डेब्यू फिल्म हो । द्वन्द्वका दृश्य नरहेको बताइएको फिल्म ुसायदु कलेज शिक्षामा केन्द्रित रहेको यसका कथारपटकथासमेत लेखेका निर्देशक सुब्बाले बताए ।
ुअहिलेको पुस्ता पूर्वाधारमा सम्पन्न हुँदाहुँदै पनि कसरी पढाइमा असफल भइरहेको छ भन्ने फिल्मबाट सजीव चित्रण गराउने प्रयास गरेका छौं,ु निर्देशकले पनि यसको कारण पनि खोतल्छन्, ुसंस्कार सिकाउने घरबाटै हो, तर परिवार यसलाई कलेजको जिम्मा देख्छ । उनीहरू बिग्रनमा ठूलो हात त देशको राजनीतिक अस्थिरता पनि हो ।ु उनले फिल्मले पनि यिनै कुरालाई ध्यान दिने बताए ।
काठमाडौं आसपास छायांकन गरिने बताइएको फिल्मको मंगलबार नायिका झरना थापाले बहिनीको दुःखद घटना बेहोर्नुदेखि लिएर आफैंसमेत केही गुन्डाहरूबाट मध्यरातसम्म आफ्नै कोठामा कुटिइरहेकी थिइन् भने सिनेम्याटोग्राफर लामा दृश्य
खिच्नमै व्यस्त थिए भने निर्देशक एक्सन।।। कटमा

देल्ली बेली जस्तै लूट




काठमाडौ, श्रावण ३० ( नेपाली फिल्मको पुरानै रोग हो, बलिउड फिल्मको नक्कल गर्नु । भलै हिजोआज कोरियन र दक्षिण भारतीय फिल्महरू पनि नेपालीकरण हुन थालेका छन् ।
तिहारको छेको पारेर कात्तिक १० गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ुलुटुलाई भने यसका निर्माता स्वयंले प्रस्टै ुदेल्ली बेलीु जस्तो भनेका छन् । कर्म, सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, सुष्मा कार्की, सृजना सुब्बा लगायतको अभिनय रहने बताइएको ुलुटु आवारा ग्याङको कथा हो । बैंक र महँगा सामान लुट्दै हिँड्ने छुट्टाछुट्टै लुटेराहरू मिलेर उक्त गिरोह बनाएका हुन्छन् । जसले वर्तमान देशको संक्रमणकालीन अवस्थाको फाइदा उठाएको फिल्ममा देखाउन खोजिएको निर्माता माधव बस्नेतले बताए ।
ुकथामा देल्ली बेलीजस्तो नभए पनि हाम्रो फिल्म भाषाको हिसाबले त्यस्तै छ,ु निर्माता माधवले भने, ुआवारा केटाहरू भइसकेपछि उनीहरूको बोलीचाली पनि सभ्य हुने कुरै भएन । त्यसैलाई जस्ताको तस्तै देखाउने हाम्रो प्रयास हो ।ु माधवले फिल्म सेन्सरको बेला झन्झट बेहोर्नुपर्ने पहिल्यै अनुमान लगाइसकेका भए पनि त्यस्ता दृश्य र संवादलाई भने कुनै पनि हालतमा काँटछाँट नगर्ने बरु कहाँ जानुपर्छ जाने बताउन थालेका छन् । ुहामीकहाँ अंग्रेजी फिल्म खुलेआम देखाउन हुने अनि देल्ली बेली पनि रिलिज भएको दुई दिनपछि मात्रै सेन्सर बोर्डले हस्तक्षेप गर्ने तर नेपाली फिल्मलाई भने बित्थामा किन झन्झट दिने रुु उनको प्रश्न छ ।

फिल्म समीक्षा ः पल


आर्दशमै सिमित सोच

सुशील पौडेल
नियमित धारमा बन्ने फिल्ममा भन्दा बिल्कुल फरक । गीत छन्, मारपीट छन् तर तिनको प्रयोग शैलीले फिल्म ‘पल’लाई अन्य फिल्म भन्दा फरक देखाएको पक्कै हो । त्यस बाहेक पनि फिल्मले उठान गर्न खोजेको सन्देश पृथक छ । मनोरन्जन कम, सन्देश ज्यादा शैलीको फिल्म ‘पल’ले नियमित दर्शकलाई भने फिल्मी स्वाद चखाउन भने सकेको छैन ।
पर्यटन व्यवसायी तथा पछिल्लो समय सकारात्मक सोचको विकास गराउने पुस्तक लेखेर चर्चामा समेत आउन सफल कर्ण शाक्यको परिकल्पना, कथा, पटकथा र संवाद भएकोले पनि ‘पल’ उनको महत्वाकांक्षी कदम हो । यसपटक उनले आफ्नो सोच÷दृष्टिकोणलाई फिल्मी पर्दामा उतारेका हुन् । एकै परिवेश, परिस्थिती र पहु“चमा पनि पात्रमा आउने सकारात्मक र नकारात्मक दुई सोचबाट फरक ढंगले काम गर्दा नतिजा पनि फरक नै आउने फिल्मले देखाउन खोजेको छ । तर फिल्मांकन गर्दा दर्शनीय र रोचकतामा कमी देखिएको छ । उपकथाहरु साधारण र एकोहोरा मात्रै छन् । गतिलो विषयबस्तु हु“दाहु“दै पनि प्रस्तुतीकरणमा विविधता नअपनाईनुले फिल्म निरस बन्न पुगेको छ । कथामा खासै उतारचढाव नहु“दा दर्शकमा फिल्म हेर्नुको लोभ पैदा गर्दैन ।
पाल्पाबाट चुनाव जितेपछि सांसद कृष्णमान (रमेश बुढाथोकी) परिवार सहित राजधानी आएर भाडामा भर्खर भर्खर बस्न थालेका हुन्छन् । छोरो दिपक (राजवल्लभ कोइराला) अर्गानिक खेतीपातीमा संलग्न छ । तर कृष्णमानको कमजोरी उनकी आडम्बरी पत्नि हुन् । चम्पा (तृप्ती नाडकर) धनी बन्न रवाफ पनि ठूलै हुनुपर्छ भन्ने मान्यता राख्छिन् र पतिलाई अकुत सम्पत्ति कमाउनका लागि उक्स्याउ“छिन् । दिपक धनी बाबुकी छोरी सुष्मा (निशा अधिकारी)लाई प्रेम गर्छ र अन्ततः विवाह गर्ने हुन्छ ।
सांसद पतिलाई मन्त्रिका लागि भगवानस“ग प्रार्थना गर्ने चम्पा विहेलाई धुमधाम पारी उच्च ओहदाका व्यक्तिहरुस“ग निकटस्थ सम्बन्ध राख्न कृष्णमानलाई सुझाउ“छिन् । उता, कृष्णमान पनि दूधले नुहाएका भने होइनन् । हाउजिङ व्यवसायी हरी (धीरेन शाक्य)लाई गुठीको जग्गा मिलाईदिए बापत घुस माग्छन् । पढाई दिने शर्तमा गाउ“देखि ल्याएको केटोलाई घरकै काममा लदाउ“छन् । दिपक पनि सुष्मास“ग विहे त गरे तर सासु–बुहारीको घरझगडामा पेलिन्छन् । धनीको तुजुक देखाउने बुहारी अनि सासुको रवाफमा रम्न चाहने सासुबीचको ‘नाकको लडाई’ले गर्दा सुष्मा आधारातमा घर छोडेर हिड्छे । माईत नगई ऊ कलेजकै साथी जितु (अनुप बराल)को शरणमा पुग्छे । खलचरित्रको जितुले पत्नि लिन पुगेको दिपकलाई आवेशमा कुट्दाकुट्दै ज्यान लिन्छ । छोरो गुमाएको कृष्णमानले त्यसैबेला अख्तियारको फन्दामा पर्छन् र फिल्मको पहिलो भागले दुःखद अन्त्य बेहोर्छ । तर दोस्रो भागमा भने तिनै पात्र र त्यस्तै परिस्थिती भएपनि सोच÷व्यवहार सफा हुन्छ र एकअर्काका सहयोगी पनि ।
समग्रमा ‘पल’ फिल्म भन्दा विचार वा सोच हाबी छ । पहिलो भागमा जसरी फिल्मलाई प्रस्तुत गरिएको छ, दोस्रोमा पनि हुबहु त्यस्तै तर सोच मात्रै फरक पारिनुले फिल्मलाई फिक्का बनाईदिएको छ । सकारात्मक सोच्दा कस्तो फरक देखिन्छ भन्ने देखाउन एक÷दुई दृश्य नै काफी छ । दर्शकलाई एउटै दृश्य लगातार देखाउनु भन्दा पहिलेको कथाबाट अघि बढ्न सकेको भए फिल्मले व्यवसायिक सफलता समेत हात पार्ने थियो । फिल्ममा शाक्यको ‘सोच’लाई नै नायकत्व दिंदा फिल्मी शैलीमा कमी आएको देखिन्छ । फेरी व्यवसायी शाक्यले लेखेको पटकथाले नेतालाई जति लान्छना लगाएको छ, व्यवसायीलाई भने जोगाईदिन्छ ।
हाउजिङ व्यवसायी हरीले सांसद कृष्णमानलाई भन्ने संवाद ‘हामी त काम गरेर खाने मान्छे, सोझो औंलाले घिउ नआएपछि बंग्याएका मात्रै हौं । तर हामीलाई बिगार्ने त तपाईहरु नै हो नी’ले नेतालाई खलनायक साबित गरेको छ । त्यसबाहेक फिल्मले नै ‘नेताले सयौंलाई बेरोजगार बनाएर पछि लगाउ“छन् तर उद्यमीले सयौंलाई रोजगार दिन्छन्’ भन्नु कतै नेताप्रतिको नकारात्मक सोच मात्रै पो हो की । फिल्मको अघिल्लो भागमा सुष्माले पतिप्रति गर्ने व्यवहार विहे अघि र पछिमा बढि नाटकीय छ ।
फिल्मको पटकथा निरस भएपनि यसका संवाद प्रायः जीवन्त र अर्थपरक छन् । पात्रले त्यसलाई सही ढंगले प्रस्तुत गरेको देख्न सकिन्छ । अभिनयमा पनि पात्र भिजेका छन् । राजु थापाको छायांकन स्तरीय छ । फिल्ममा गीतकार किरण खरेलका गीत कथालाई पुष्ट्याई गर्ने खालका र कोरियोग्राफी पनि सहज भएकाले गीत÷संगीतको प्रयोगलाई धेरै हदसम्म युक्ति संगत बनाईएको छ । न्ह्यु बज्राचार्यको संगीतमा मिठास छ । तर फिल्मले भनेझैं सबै जनाले सही सोचिदिने वा आफ्नो कर्तव्य पालना गरिदिने हो भने दुःख, कष्ट नै आईपर्दैन झैं गरि देखाईनु व्यवहारत आर्दशवादी मात्रै हो । किनकी हरेक समाजमा नकारात्मक र सकारात्मक पक्ष हुन्छन् नै । रामराज्यमा पनि त सिता हरण गर्ने रावण थिए ।

Sunday, August 28

फिल्म समीक्षा ः श्रीमान श्रीमती

सुशील पौडेल
‘हजुरको अर्धाङ्गीनी भएर बस्न नपाएपनि दासी भएर पूजा गर्न चाहन्छु,’ ‘मलाई कुनै हक चाहिएको छैन हजुरको पाउको धुलो भए पुग्छ,’ ‘मैले उहाूको मन जित्न सकिन यसमा उहाूको कुनै दोष छैन,’ ‘आजसम्म हजुरसूग केही मागेकी छैन, तर आज माग्छु– हजुरको पाउको पानी (अमृत) खान दिनुस् ।’
सदियौं पुरानो अविकसित समाजमा एक पत्निले पतिसूग गरेको याचना झैं लाग्ने यी आलाप विलाप शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘श्रीमान श्रीमती’का हुन् । उक्त फिल्ममा नारी पात्रलाई यति कमजोर र दयाको पात्रको रुपमा प्रस्तुत गरेको देख्न सकिन्छ । केवल दर्शकका आूखाबाट आूशु चुहाउने प्रयासमा यति नीच देखाईनु न्याय संगत छैन । जनावरलाई त विकल्प दिईएन भने ज्यान रक्षाका लागि सक्दो प्रयास गर्छन् भने मानव त चेतनशील प्राणी हो । तर फिल्मकी पीडित यी नारी विद्रोह वा समस्यासूग जुध्नुको बदला आत्महत्याको बाटो रोज्छिन् ।
ऋषि लामिछाने निर्देशित फिल्म ‘श्रीमान श्रीमती’मा श्रीमानले आफ्नै आूखा अघि सौता हाल्न लाग्दा र आफुलाई हेलत्वो गर्दा समेत यी अभागी श्रीमतीको दिमागमा श्रीमानप्रति किन्चित गुनासो छैन । बरु श्रीमानलाई भगवान मान्दै भन्छे, ‘मैले उहाूको मन जित्न सकिन यसमा उहाूको कुनै दोष छैन ।’ दोष कति छ भन्ने त फिल्म हेर्दै दर्शकले थाहा पाईसकेका हुन्छन् ।
छोटोबाटो रातारात करोडपति हुने धुनमा लागेको राजेश (श्रीकृष्ण श्रेष्ठ) शहरकी करोडपति बाबुकी एक्ली छोरीलाई फसाएर मनोकांक्षा पुरा गर्ने धुनमा हुन्छ । उसको भेट प्रीया (श्वेता खड्का)सूग हुन्छ । प्रीयाबाटै आफ्नो करोडपति सपना पुरा हुने ठानी राजेश श्रीमती लक्ष्मी (सरीता लामिछाने)लाई सौता हाल्न तयार हुन्छ । तर उक्त कुरा राजेशकै जस्तो करोडपतिको सपना देखेर साथै लागेको राहुल (मुकेश)लाई चित्त बुझ्दैन र गाउूबाट लक्ष्मीलाई झिकाउछ । तर राजेशको सोच विपरीत लक्ष्मीले पतिब्रता देखाउूछिन् । धनलम्पट राजेशले आफुलाई धन र रुप दुवै नभएकी भन्दै दुव्र्यवहार गर्दा र हुनेवाली सौताका अघि नोकर्नीको पदवी पाउूदा समेत पतिलाई भगवान सम्झूदै उसको गल्ती नदेख्ने उनी बरु उल्टै विष सेवन गर्छिन् ।
शिवम् अधिकारी लिखित कथाले दर्शकलाई कुन उद्देश्यले डो¥याईरहेको हो स्पष्ट छैन । सवा दुई घण्टा भन्दा लामो फिल्मको पहिलो भाग विषय प्रवेश नै नगरी सकिएको छ भने दोस्रो भागमा माथिका यावत् कुरा । करोडपति बन्ने दाउपेचमा लागेका राजेश र राहुलले धनीराम साहु (सुनील थापा)लाई टुूडिखेलको जग्गा बेचेर १९ लाख रुपैयाू कुम्ल्याएको देखाईनु ‘हाूस्नका लागि आफ्नै काखी कन्याउनु’ जस्तो लाग्छ । यदि त्यस्ता धन भएका मुर्ख नै हुने हुन् भने करोडपति हुनलाई किन बाटो– बाटोमा धनी बाउकी छोरी खोज्दै हिंड्नु प¥यो ? भएभरका सार्वजनिक जग्गा बेच्दै हिंडे त भैगयो नी ।
टुूडिखेल बेचेको पैसा डिस्कोमा छर्नु देखि कलेजमा केटी पट्याउन छिर्दा गार्डलाई सम्म घुस खुवाउन खर्चन्छन् । सुनसान लाग्ने कलेज हाता भित्र दादागीरि देखाउूछन् र केटी पट्याउूछन् । कवाडीवाला (राजाराम पौडेल) जो आफु गरिब भएपनि छोरी प्रीयाले करोडपति केटोलाई फसाएर बिहे गरोस् भनेर भाडामै कार मिलाईदिने देखि महंगो कलेजमा पढ्ने जोरजाम गराईदिएको हुन्छ । फिल्मको पहिलो भागसम्म कुनै पनि पात्र सज्जन र विवेकी लाग्दैनन् । यसले केही मात्रामा दर्शक हूसाएपनि विषयमा पस्नै सकेको छैन ।
कतिपय उपकथा र दृश्यलाई प्रदर्शनमा आईसकेका हिन्दी फिल्मको झल्को दिलाउने गरी तयार पारिएको मुनाल घिमिरे निर्मित फिल्ममा दुईटा संवाद हिन्दीमा पनि राखिएको छ । हिन्दी संवाद बोलिसकेपछि पात्रले भन्छन्, अब यसलाई नेपालीमा पनि सुन । लाग्छ, पटकथाले पनि फिल्मलाई नेपालीमा सुनाईरहेको छ÷देखाईरहेको छ । पात्र अभिनय भने फिल्ममा राम्रै छ । जे जति कथा बचेखुचेको छ, त्यसमा निर्देशकले फिल्म तयार पार्ने प्रयास गरेका छन् । दिपक वान्तवा पुनः छायांकनमा राम्रो गर्नबाट चुकेका छन् । द्वन्द्व निर्देशनमा रोशन श्रेष्ठको काममा सनातन नै छ । बरु गोविन्द राई र पुर्नम राईले कोरियोमा केही मिहिनेत गर्न खोजेका छन् ।
श्रीमान श्रीमती
निर्देशक ः ऋषि लामिछाने
कलाकार ः श्रीकृष्ण श्रेष्ठ, मुकेश ढकाल, सरिता लामिछाने, श्वेता खड्का, सुनील थापा आदि ।

फिल्म समीक्षा सपना

सुशील पौडेल
सपना आफु खलपात्रबाट असुरक्षित हु“दा हेलिकप्टरबाट सपनाको राजकुमार आएर उद्धार गरी लगेको सपना बारम्बार देख्ने गर्छे । सपनामा देखेको दृश्यले एक दिन विपनामा पनि मेल खाएपछि सपनाको सपना साकार हुन्छ ।
प्रदीप श्रेष्ठ निर्देशित फिल्म ‘सपना’मा मुख्य पात्र सपना (नन्दिता केसी)ले कल्पेको राजकुमारकै शैलीमा वास्तविकतामा हेलिकप्टर क्याप्टेन दिपक (अर्जुन कार्की) आएपछि दुई दिन भित्रै प्रेम बस्छ र त्यो विवाहमा परिणत हुन्छ । जबकी सपनालाई लामो समयदेखि मन पराउ“दै आएको र पाईला पाईलामा सहयोग गरेको राज (आर्यन सिग्देल) भने खाली हात बन्छ । राजलाई सरसल्लाह दिईरहने कृष्ण (राजेश हमाल) माया गरेर मात्र हु“दैन अभिव्यक्त गर्नुपर्ने धारणा राख्छ । किनकी उसले पनि समयमै आफुले मन पराएकी राधालाई त्यसबारे जानकारी दिन अन्कनाएकैले प्रेम वियोग खेप्नु परेको हुन्छ ।
मल्टिस्टारर फिल्म भएपनि शीर्षक अनुरुपै फिल्मको कथा नायिका सपनामा घुमेको छ । सपनाले दिपकस“ग विवाह गरेको १० दिनमै विधवा बन्छे । आफुले मन पराउने सपनाले पति गुमाएको थाहा पाएपछि राजले उनलाई अपनाउन राजी हुन्छ । यसैबीचमा सपनाले पनि आफुलाई राजले पहिले देखि नै चाहेको थाहा पाएपछि नया“ सम्बन्ध गा“स्न तयार हुन्छे । जग्गेमा बसिसकेका राज र सपना त्यसबेला छक्क पर्छन्, जब हेलिक्पटर दूर्घटनामा परेका दिपक सकुशल टुप्लुकिन्छन् । त्यसपछि सपनाले यथार्थको राजकुमारलाई छोडेर सपनाकै राजकुमारलाई अगाल्न पुग्छे ।
बसन्तकुमार श्रेष्ठ र हरि बरालको संयुक्त लगानी रहेको ‘सपना’ फिल्मको कथा पृथक लाग्दैन । पटकथाले फिल्ममा देखिने केही घटनाहरुको स्वतन्त्र पुष्टि गर्ने झन्झट उठाएको छैन । सपनामै देखिए जसरी दिपक कुन सन्दर्भमा आए ? उद्दार गरी कहा“, कीन लगे ? अनि दुई दिनमै विवाहकै अवस्थामा कसरी पुगे ? प्रश्न अनुत्तरित छ । त्यसो त असंभव प्रायः लाग्ने दूर्घटनाबाट उनी कसरी उम्के भन्नेमा पनि दर्शक अनभिज्ञ हुन्छन् ।
फिल्मको सकारात्मक पक्ष यसको संगीत हो । महेश खड्काको संगीतमा मिठास छ । गीतहरु कर्णप्रीय बनेका छन् । बसन्त श्रेष्ठको नृत्य निर्देशक मध्यम छ । तर दिपक वान्तवाको छायांकनले भने धेरै ठाउ“मा हावा खाएको छ । सामान्य फोकस ईन÷आउटमै उनी चिप्लिएका छन् । अभिनयमा आर्यन सिग्देल र सुनील दत्त (खलपात्र बनेका) सफल देखिएका छन् । बरु प्रमुख भुमिका पाएर पनि नन्दिताले न्याय दिन सकेकी छैनन् । उनको अनुहारमा भावभंगीको स्पष्ट कमी झल्कन्छ । कतिपय रोमान्टिक मुडमा उनी फिका लाग्छिन् ।
सपना
निर्देशक ः प्रदीप श्रेष्ठ
कलाकार ः राजेश हमाल, आर्यन सिग्देल, नन्दिता केसी, अर्जुन कार्की, सुनिल दत्त आदि ।

Sunday, August 21

–फिल्म समीक्षा– अरबपति


धन नहुनेको पीडा
सुशील पौडेल
एक युवक जो अरबपति बन्न चाहन्छ । काम÷धन्दा गरेर भन्दा पनि कुनै अरबपति केटीलाई फसाएर बिहे गर्ने अनि उसको धनको मालिक बनेर ऊ अरबपति हुने छोटो बाटो खोज्छ ।
उता, अर्की युवतीको सपना पनि युवकको भन्दा फरक छैन । सपनामा पनि युवती घण्टा–घण्टामा कार फेरेको, उच्च स्तरको खानपान र जीवनशैली अपनाएको देख्छे । त्यसलाई विपनामा बदल्न ऊ पनि अरबपतिलाई पति बनाउने अभियानमा छे । फरक फरक परिवेशका तर सपना उही यी दुई आखिरमा एकअर्कास“ग भेटिन्छन् । तर गलत परिचयमा । त्यसपछि फिल्म ‘अरबपति’ हेर्ने दर्शकले केही मनोरन्जनको मसला पाउ“छन् ।
फ्याक्ट्री मजदुरको भाई राजन लक्का जवान भईसकेर पनि कुनै काममा हात हाल्न चाहेको छैन । ‘सोचविचार ठूलो लिए पो ठूलै मान्छे भईन्छ त’ दाईको फ्याक्ट्रीमै काम लगाईदिने प्रस्तावमा ऊ भन्छ, ‘म त्यस्ता २÷४ वटै फ्याक्ट्रीको मालिक बन्ने विचारमा छु, तपाई काम गर्ने कुरा गर्नुहुन्छ ।’ उसको भेट फ्याक्ट्री मालिकको ड्राइभरकी छोरीस“ग हुन्छ । दूर्भाग्य, बाबु बिरामी भएर कार हा“केर मालिकलाई खाना पु¥याउन गएकी कल्पनालाई उसले धनी केटी ठान्छ र नजिकिन्छ ।
उता सपनालाई पनि राजनले चलाएको कार उसको हो भन्ने थाहा हु“दैन र मुर्गा भेटेकोमा उ पनि दंग पर्छे । दुवैको स्वार्थ एउटै भएपछि विवाह पनि तत्काल हुन्छ तर सुहागरात अघि नै वास्तविकता उदांगिन्छ । त्यसपछि दयाराम दाहाल निर्देशित फिल्म ‘अरबपति’ले दर्शकलाई केही सन्देश बा“डेपछि फिल्म टुंगाईन्छ ।
कमेडी शैलीमा बनाईएको उक्त फिल्मले दुई मुख्य पात्रहरुको बेइमानीमा दर्शकहरु शुरुदेखि नै जानकार हुन्छन् । जसले गर्दा उनीहरुको आडम्बरमा दर्शकले केही मजा लिन सक्छन् । रातारात अरबपति (फिल्मको शीर्षक नै अरबपति राखिदिएकाले हो की उनीहरु दुवै न करोडपति बन्ने सपना देख्छन् न खर्बपतिकै) बन्ने महत्वकांक्षाको चरित्रमा प्रमोद दीप र झरना थापाले चित्त बुझ्दो नै काम गरेका छन् । फिल्मको संवाद छरितो भएकैले जीवन्त बनेको छ । प्राविधिक रुपमा अत्यन्त कमजोर रहेको भएपनि विषयबस्तु र प्रस्तुतीकरणले भने फिल्मलाई झर्को लाग्दो हुनबाट बचाएको छ ।
दयाराम पुडासैनी निर्मित फिल्मको छायांकन कमजोर छ । प्रकाश संयोजनमा खास ध्यान नपु¥याई खिचिंदा कतिपय दृश्यहरु अध्यारोमा हराएका छन् । सम्पादनमा झारा टार्ने उपाय मात्रै गरिएको छ । फिल्ममा गानाबजानाले कुनै महत्व राख्न सकेका छैनन् । राम कार्कीको संगीत रहेको फिल्ममा रहेका मध्ये एउटै गीत ‘सयौं गीत संगीत छन्, कुन गीत सुनाई दिउ“...’ अलग्गै सुन्दा राम्रो भएपनि फिल्ममा गलगा“ड झैं बन्न पुगेको छ । गीतको भावार्थ फिल्मस“ग कहिंकतै पनि मिल्दैन । अझ उक्त गीत सकिएको एक मिनेट बित्न नपाउ“दै अर्को गीत बज्न थाल्छ ।
निर्देशक दाहालकै कथामा युगेश रायमाझीको पटकथा रहेको फिल्म ‘अरबपति’मा राजनको दाई राजेन्द्रको भुमिकामा नायक निखिल उप्रेती पनि देखिएका छन् । उनी भएपछि अभिनय भन्दा पनि फिल्ममा धुमधडाका हुन्छ भन्नेमा अब दर्शक ढुक्क भईसके । तर कम्प्युटर इफेक्टमा उनले गुण्डाहरुलाई पिटेकोले भन्दा बरु प्रमोद दीपको कमेडी फाइटले दर्शकलाई मनोरन्जन दिएको छ । हिमाल केसीले फिल्मको द्वन्द्व निर्देशन गरेका हुन् । तर उनले जतिनै पिटाई खाएपनि गालमा टुटुल्को उठ्दैन भन्ने थाहा नपाएका हुन् वा व्यर्थको हास्यरस पस्केका ।
निखिललाई एक हात काटिएको अवस्थामा हिमालले गुण्डालाई तह लगाउने जिम्मा त दिएका छन् तर काटिएको हात सर्ट भित्र लुकाईएको बेलाबखत महसुस हुन्छ । उता पहिले फाइट खेल्न नजान्ने प्रमोद पनि फिल्मको अन्तिम फाइटमा भने एकाएक स्टन्ट म्यान जस्तो बनेर प्रस्तुत भएको देखिन्छ । अन्तिम फाइटकै कुरा गर्दा, दृश्यमा हिरोपक्ष र भिलेनपक्षको दिनदहाडै सार्वजनिक स्थलमा मारामार चल्दा पनि पृष्ठभुमिमा भने एक महिला भा“डा माझिरहेकी देखिन्छिन् भने एक स्कुले छात्रा गन्तब्यतिर लागिरहेकी छन्, युवाहरु त्यहीं वरपर टहलिरहेका छन् । फिल्मकै पर्दा भित्र अटाएको उक्त दृश्य हेर्दा लाग्छ, त्यहा“ केही पनि भएको छैन ।
अरबपति
निर्देशक ः दयाराम दाहाल
कलाकार ः निखिल उप्रेती, झरना थापा, प्रमोद दीप, मौसमी मल्ल, मुकुन्द थापा